
सुदूरपश्चिमका ९ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ। प्रदेश सरकारको निर्णय अनुसार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय अन्तरगतको मातहतमा रहने गरी कार्यालय स्थापना गरिएको हो।

सोमबार शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराको भवनमा सामाजिक विकास कार्यालय स्थापना भई कामकाज सुुरु भएको कार्यालय प्रमुख कुलराज सोतीले जानकारी दिए।
कार्यालयले सामाजिक विकास मन्त्रालयको शिक्षा, युवा तथा खेलकुद, भाषा तथा संस्कृती, महिला बालबालिका र श्रम तथा रोजगारका क्षेत्रका कामकाजहरु जिल्ला स्तरबाट सम्पादन गर्ने जनाइएको छ।
