बैतडीको दशरथ चन्दका नगर प्रमुख थापालाई कोरोना पुष्टि
 
corona

बैतडीको दशरथचन्द नगरपालिका नगरप्रमुख नरेन्द्रसिंह थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई सक्रमण देखिएको हो। 

यस्तै जिल्ला अस्पातल र स्वास्थ्य कार्यालयमा कार्यरत ३ जना स्वास्थ्यकर्मी, नेपाली सेनाका ३ जना, नेपाल प्रहरीका एक जना, दुईजना श्रीलंकाली पर्यटक र दशरथचन्द नगरपालिकाका ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या ५५१ पुगेको छ।