
डडेल्धुरामा मानसिक सन्तुलन गुमाएकी महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नवदुर्गा गाउँपालिकामा भएको घटनामा वडा नम्बर १ का ३४ वर्षीय टेक दमाई पक्राउ परेका हुन ।

पीडित महिलाको उजुरीको आधारमा निज युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । बलात्कार घटनामा अर्का एक व्यक्ति पनि संलग्न भएको आशंका प्रहरीले गरेको छ ।
ती युवकको खोजी गरिरहेको र घटना सम्बन्धी सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
