
अछामको मेल्लेख गाउँपालिकामा कोभिड १९ अस्पतालको निर्माण सम्पन्न भएको छ । मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले अस्पतालको उद्धघाटन गरे ।

अस्पतालको उद्घाटन गर्दै उनले कोरोना महामारीका बेला आकस्मिक स्वास्थ्य सेवा उपचार बाहेक अब मेल्लेखमै एमबिबिएस डाक्टरद्वरा सेवा दिइने बताए।
अस्पताल स्थापनापछि अब स्थानीयले स्वास्थ्य सेवा लिनको लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको विश्वास लिइएको छ।
