
बैतडीको दोगडाकेदार गाउँपालिकाका विद्यालय सोमबारदेखि सञ्चालनमा आएका छन् । कोरोना कहरले लामो समयदेखि बन्द रहेका विद्यालयमा पठनपाठन कार्य सुचारु भएको हो ।

गाउँपालिकाको गाउँ शिक्षा समिति र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेश प्रसाद भट्टले बताए ।
दोगडाकेदार गाउँपालिकामा ५९ सामुदायिक र ३ संस्थागत विद्यालय रहेका छन् ।
