 
नेपाल क्रिकेट संघ (क्यान) ले मंसीर १० गतेबाट राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षणका २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएकामा सुदूरपश्चिमका ५ जना खेलाडी रहेका छन् । क्यानले मंसीर ८ गते खेलाडीको पीसिआर परिक्षण गर्ने र नेगेटिभ रिपोर्ट आउने खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइने जनाएको छ ।
 
 
 बन्द प्रशिक्षणका लागि बोलाइएका सुदूरपश्चिमका खेलाडीहरुमा दिपेन्द्र सिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, कमल सिंह ऐरी, सन्दिप जोरा र भुवन कार्की रहेका छन् । प्रशिक्षणका लागि बोलाईएका अन्य खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सन्दिप लामिछाने, शरद भेषावकर, कारण केसी, वसन्त रेग्मी, सोमपाल कामी, सुशन भारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा र सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान र किशोर महतो पनि बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
