
राजा समर्थकहरूले आज कैलालीमा प्रदर्शन गरिरहेका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि दबाब दिन प्रदर्शन सुरु भएको हो ।


राजा आउ देश बचाउ भन्दै धनगढीमा जनसागर उर्लिएको छ । धनगढीको बुद्धचौकदेखि सुरु भएको प्रदर्शन अत्तरिया हुदैं पुनः धनगढी चौराहमा आएर कोणसभामा परिणत हुनेछ ।
धनगढीबाट अत्तरिया पुगेको र्यालीमा महेन्द्रनगर र कैलालीको पुर्वी भागबाट आएकाहरु मिसिएर धनगढीमा वृहत कोणसभाको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।