
धनगढीका थप २० जनामा संक्रमण पुष्टि भएको छ । सोमबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका २० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर १ का ७ जना, वडा नम्बर ५ का ३ जना, यस्तै वडा नम्बर २, ७ र ८ का १/१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै ठेगाना नखुलेका ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।
