
कैलालीको बर्दगोरिया गाउँपालिकामा एक युवकको शव फेला परेको छ । पालिकाको वडा नम्बर ४ स्थित नौनियाँको काँडा नदी किनारमा उक्त शव फेला परेको हो । उक्त शव सोही गाउँपालिका वडा नम्बर ३ मुक्ती शिविरका करिब १९/२० वर्षका लाल बहादुर चौधरीको रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

वडा नम्बर ४ को निमुवाबोझी दिदीको घर आएर करिब १ बजे फर्किएका रहेछन । प्रहरी नायव उपरीक्षक बोहराले भने उनी काँडा नदी झर्ने ओरालो बाटोमा साईलकमै चढेकाले लडेको जस्तो देखिन्छ । शरिरमा घाउचोट केही देखिदैन ।
