
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडाबाट वडा नम्बर २ को कफलकोट तर्फ जादै गरेको ग १ ज ५१९२ नम्बरको जीप शनिबार साँझ ७ दुर्घटना हुदाँ दोगडाकेदार गाउँपालिका २ कफलकोटका ३३ बर्षीय बीरबहादुर कुवँरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुर्घटनामा सोही गाउँपालिकाको वडा नम्बर ३ श्रीकोटका २५ बर्षीय दीपक चन्द सामान्य घाईते भएका छन । जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
