
बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नम्बर ९ का एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो।

अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टिनमा राखिएका उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।कामदारको रुपमा अछाम पुगेका उनी जेठ ८ गते डोटी–कैलाली हुँदै १३ गते बर्दिया प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
मृत्युको कारण भने खुलेको छैन। कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब निकालिएको र रिपोर्ट आएपछि मात्र शब व्यवस्थापन गरिने लामिछानेले जानकारी दिए।व्यवस्थापन गरिने लामिछानेले जानकारी दिए ।
