
डडेल्धुरामा एक प्रहरी र एक सैनिकसहित ३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रणबम गण दहका एक जना सैनिक, जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक जना प्रहरी सहित अमरगढी नगरपालिका वडा नं. ६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालयका ३ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।
