
धनगढीका थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसैगरी वडा नम्बर २, ३ र ७ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
