
काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलाली टीकापुर घर भएका १८ वर्षीय किशोर छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
