डोटीमा सामुदायिक विद्यालय सुधारका लागि अक्षयकोष
 
education

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

सो नगरपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा एक लाख दिने प्रतिबद्धतानुसार डोटी चेम्बर्स अफ कमर्शका अध्यक्ष साउदले आफ्ना आमा इन्द्रादेवी साउद र बुबा खड्गबहादुर साउदको नाममा उक्त चेक नगरका वडा नं. ९ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर साउदलाई हस्तान्तरण गरे ।

नगरपालिकामा ५० सामुदायिक विद्यालय छन् । ‘राष्ट्रकालागि योगदान’ संस्थाका जिल्ला संयोजक दीपेन्द्र खड्काले सोही विद्यालयमा  पाँच हजार ५०० र नेपाल स्वयंसेवक सङ्घ जिल्ला कमिटीका संयोजक धनबहादुर कुमालले  १० हजार रकम सहयोग गर्नुभएको छ ।