
दार्चुलामा भीरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–५ मैखोलीमा भीरबाट लडेर ६९ वर्षीया नन्दा जोशीको मृत्यु भएको हो ।

शनिबार घाँस काट्ने क्रममा घर नजिकैको पैराण भीरबाट लडेर गम्भीर घाइते भएकी जोशीको अस्पताल लैजादै गर्दा मृत्यु भएको स्थानीय बिष्णु जोशीले जानकारी दिए ।
