मुख्यमन्त्रीका स्वकीय सचिवको गलत प्रचारले भारतबाट हुलका हुल नाकामा पुगेः नेता रावल
 
rajniti

सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावलले मुख्यमन्त्रीका स्वकीय सचिवको गलत प्रचारका कारण आउन नचाहाने पनि भाडाका गाडी दिएर सिमामा पुगेको बताएका छन् ।

‘प्रदेशको जिम्मेवार व्यक्ती मुख्यमन्त्रीको स्वकीय सचिवका कारण हुलका हुल नेपाली सिमामा पुगे ।’ उनले भने– ‘उनीहरुलाई व्यवस्थापन गर्न निकै समस्या सिर्जना भएको छ । २ हजारदेखि ५ हजारसम्म दिनहुँ सिमाबाट स्वदेश फर्किरहेका छन् । अब उनीहरुको व्यवस्थापन र रोजगारीको ग्यारेन्टी लिनुपर्छ ।’

‘जनतामा भने सरकार छ की छैन भन्ने प्रश्न उठेको छ । एउटा स्थानिय तह बराबर काम देखाउन नसक्ने प्रदेश सरकार किन आवश्यक ?’ उनले प्रश्न गरे ।