
कैलालीको गोदावरी नगरपालिका ३ दिनको लागि बन्द गरिएको छ ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्तिक १४ गतेसम्मको लागि सेवा बन्द गरेको जनाएको छ ।
नगरपालिकामै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जारी सूचनामा उल्लेख छ ।
