
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ६ सय ५५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ८ सय १७, डोटीमा १ सय ४९, कञ्चनपुरमा १ सय २२, बझाङमा १ सय ६०, अछाममा ९२, बैतडीमा ४२, डडेल्धुरामा ७३, दार्चुलामा १ सय ८८ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
सुदूरपश्चिमबाट हाल सम्म ७ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा १ हजार ६ सय ७९ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
