
धनगढी उपमहानगरपालिका–२ मा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका पुरुषको आज अन्त्येष्टि गरिएको छ ।

भवानी दल गणबाट सह सेनानी नबल सिंह रोकायाको कमान्डमा खटिएको टोलीले गोदावरी नगरपालिका वडा नम्बर ४ को तेघरी सामुदायिक वनमा बिहान साढे ११ बजे अन्त्येष्टि गरेको हो ।
आइसोलेसनमा बस्दै आएका ६८ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा गएराती बाटैमा मृत्यु भएको थियो ।
