धनगढीमा कोरोना संक्रमितले जन्माइन् छोरा, अवस्था जटिल
 
a

धनगढी– धनगढीमा कोरोना संक्रमितले छोरा जन्माएकी छिन्। सेती प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा धनगढी–४ की ३३ बर्षिया महिलाले छोरालाई जन्म दिएकी हुन्।

शिशुको तौल एक हजार चार सय ग्राम रहेको अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रले बताए। उनका अनुसार गर्भवती भएको सात महिनामै शिशु जन्मिएकोले अवस्था जटिल छ भने अहिले अक्सिजन दिएर राखिएको छ। 

शिशुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने बाल रोग विशेषज्ञ डा. मिश्रले बताए। ति महिला असोज १ गतेदेखि उपचारका लागि सेती अस्पताल भर्ना भएकी थिईन् भने उनलाई कोरोना पुष्टि भएपछि ३ गते कोरोना अस्पताल भर्ना गरिएको थियो।