 
सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरस परिक्षणका लागी काठमाडौंबाट नेपाली सेनाको स्काइट्रक मार्फत किट ल्याइएको छ । चार हजार थान आरडीटी किट र दुई हजार एक सए ५० थान भिटिएम ल्याइएको हो ।
 
 श्री भवानीदल गण तेघरी कैलालीका प्रमुख सेनानी बिकाश केसीले सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयलाइ उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । कीट अभाबका कारण रोकिएको परिक्षणमा यसले केही सहयोग पुग्ने प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थिले बताए ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
