
धनगढीमा रहेको चौलानी डिपार्टमेन्टल स्टोरमा कार्यरत १६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्टोरमा कार्यरत एक सय १८ जना कर्मचारीमा कोरोना परीक्षण गरिएकोमा १६ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा बसिरहेका छन्।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चौलानी डिपार्टमेन्टल स्टोरले आफ्नो सेवा जारी राखेको छ।
