
मोहनापुल अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढीको राजपुरमा दुर्घटना भएको छ । सडक खण्ड अन्तर्गत भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

से १ प ६११३ नम्बरको मोटरसाईकलमा सवार वडा नम्बर ४ भगवती टोल ५४ बर्षिय भोजराज जोशी, ४० बर्षिय निरज खत्री घाईते भएका छन् । त्यसैगरी भ्यानका चालक वडा नम्बर ३ का ३१ बर्षिय सुरेन्द्र भण्डारी पनि घाइते भएका छन् । उनीहरुको चटकपुरमा रहेको माया मेट्रो हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
