भीरबाट लडेर कांग्रेसका वडा सभापतिको मृत्यु
 
death

डडेल्धुरामा भीरबाट लडेर कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ का सभापति ४० वर्षीय लोकेन्द्र खड्काको शनिबार साझ मृत्यु भएको हो। 

साँझ ५ बजेतिर खानेपानीको पाइप बनाउदै गर्दा उनी भीरबाट लडेको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटौमे खड्काको मृत्यु भएको त्यहाका स्थानीय तथा नेविसंघका जिल्ला सदस्य करन अवस्थीले बताए।