
कर्मचारीमा कोरोना देखिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका एक हप्ताका लागि सिल गरिएको छ। तीन कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएपछि एक हप्ताका लागि सिल गरिएको नगरपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले असोज २९ गते सम्मका लागि नगरपालिका सिल गरिएको जानकारी दिए। संक्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको समेत कोरोना परीक्षण गर्ने तयारी गरिएको उनले बताए।
