आमाको माया छात्रावासमा सहयोग 
 
help

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहिद शरद कुमार गौचनको तेस्रो स्मृति दिवशको अवशर पारेर धनगढी स्थित आमाको माया छात्रावासमा रहेका अनाथ विद्यार्थिहरुलाई सहयोग गरि मनाइएको छ । 

2
निर्माण व्यवसायी संघ कैलालीले एक कार्यक्रमका विच संघका अध्यक्ष यज्ञराज उपाध्याय मार्फत नगद आठ हजार सहित खाद्यन्न, फलफुल वितरण गरिएको छ । 

कार्यक्रममा संघका अध्यक्ष यज्ञराज उपाध्याय, महासंघ उपाध्यक्ष टेक बहादुर सेठी, विर बहादुर सावँद लगायत संघका सल्लाहकार तथा कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।