
धनगढी : कर्मचारीमा कोरोना देखिएपछि सबै वडा कार्यालयसहित नगरपालिका बन्द गरिएको छ।

बैतडीको पाटन नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र १० वटै वडा कार्यालय बन्द गरिएको हो।
प्रमुख प्रशासकिय अधिकृत नारायण दत्त पन्तले दिएको जानकारी अनुसार ३० गतेसम्मका लागि वडा कार्यालय र नगरपालिकाको कार्यालय बन्द गरिएको हो। सो अवधिमा सम्पर्कमा आएका व्यक्तिको परीक्षण गरिनेछ।
