सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८०४१ पुग्यो, कुन जिल्लामा कति ? 
 
corona

सुदूरपश्चिममा कोरोना भाईरसका संक्रमितको संख्या आठ हजार नाघेको छ। प्रदेशमा ९ वटै जिल्लाका ८८ हजार नौँ सय ३१ जनाको नमूना परीक्षण गरिएकोमा ८ हजार ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा भने सात हजार आड सय १९ जनामा मात्रै संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। सो तथ्यांकमा प्रदेश बाहिरका प्रयोगशालामा भएको परीक्षणको पूर्ण विवरण समावेश नगरिएको बताईएको छ।

प्रदेशमा सबैभन्दा बढि कैलालीमा झण्डै तीन हजार जना संक्रमित रहेका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा दुई हजार आठ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये दुई हजार दुई सय ३० जना डिस्चार्ज भएका छन्। कैलालीपछि डोटीमा एक हजार एक सय १२ जना, अछाममा एक हजार ९५ जना र कञ्चनपुरमा आठ सय ७० जना संक्रमित रहेका छन्।

बझाङमा पाँच सय ५२, बैतडीमा चार सय २६, बाजुरामा चार सय ५३, डडेल्धुरामा तीन सय ३९ र दार्चुलामा एक सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमण पुष्टि भएका ६ हजार सात सय दुई जनाले कोरोना जितेका छन् भने २३ जनाको मृत्यु भएको छ।