
युवाहरु गाउँमा बिजुली बाल्न सफल भएका छन्। पोल गाडेको ३ वर्षपछि उनीहरु सक्रिय भएर लाग्दा गाउँमा बिजुली बलेको छ।

पोल गाड्न बाँकी रहेको ठाउँमा युवाहरुले आफैंले पोल गाडेर बिजुली बाल्न सफल भएको स्थानीय भिमसिंह भाटले बताए। उनीहरुले प्रविधिकहरुको पारिश्रमिकका लागि चन्दा संकलन गरेका थिए। त्यति मात्रै होइन, युवाहरुले आफैले पोल गाड्ने र तार तान्ने काम समेत गरेको भाटले बताए।
युवाहरुको मिहेतनका कारण जिमकोटबासीको बिजुली बलेको हेर्ने धोको ३ वर्षपछि पुरा भएको छ।

जिमकोटमा ४० घरपरिवारको बसोबास रहेको छ।