
कञ्चनपुरको पुनर्वास नगरपालिकाले सेवा बन्द गरेको छ। कर्मचारीमा कोरोना देखिएको भन्दै नगरपालिकाले सूचना प्रकाशन गर्दै विहिबार देखि अतिआवस्यक बाहेकको सेवा बन्द गरिएको जानकारी दिएको हो।

नगरपालिकाका अनुसार बुधबार सेती प्रादेशिक अस्पताल धनगढीमा ४२ जनाको स्वाब परिक्षण गरिएकोमा आठ जनाको रिपोर्ट पोजेटिभ आएको छ। कर्मचारीमा कोरोना देखिएको भन्दै नगरपालिकाले अर्काे सूचना जारी नभएसम्मका लागि र वडा नम्बर २ को कार्यालयले २६ गते सम्मका लागि सेवा बन्द गरेका हुन्।
अत्यावश्यक सेवा लिन कार्यालय आउनु परे सामाजिक दुरी लगायतका स्वास्थ्य मापदण्डहरु पालना गरि सेवा लिन सकिने सूचनामा भनिएको छ।
