
विश्व नम्बर दुई खेलाडी राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनलमा इटालियन खेलाडी जानिक सिनरमाथि जीत निकाल्दै स्पेनी स्टार नाडाल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएका हुन् ।
गएराति भएको खेलमा नाडालले जानिकलाई ७–६ (७–४), ६–४ र ६–१ को सेटमा पराजित गरेका हुन् ।

१२ पटकका फ्रेन्च ओपन च्याम्पियन ३३ वर्षीय नाडाल रोजर फेडेररको ग्राण्डस्लाम उपाधिको कीर्तिमानमा बराबरी गर्ने दौडमा रहेका छन् ।
अब नाडालले फाइनल प्रवेशका लागि अर्जेन्टिनाका डिएगो श्वार्ट्जम्यानसँग खेल्दैछन् ।
१९ पटक ग्राण्ड सलाम उपाधि जितेका नाडालले यो सिजनमा जित दर्ता गरे फेडेररको कीर्तिमानसँग बराबरी हुनेछ ।