
कैलालीमा एकैदिन दुई अजिङ्गर फेला परेका छन्। जिल्लाको टिकापुर नगरपालिका –७ खैरिपुरको अलगअलग स्थानमा अजिङ्गर फेला परेका हुन।

ती मध्ये एउटा अजिङ्गरको लम्बाइ ८ फुट र अर्को अजिङ्गरको लम्बाइ ४ फुट रहेको छ। फेला परेका दुवै अजिङ्गरलाई सत्ति सामुदायिक वनका सचिव मिन ठकुल्लालाई बुझाइएका छ। ती २ वटै अजिङ्गर सोही वनबाट आएको हुनसक्ने बताइएको छ।
