
कञ्चनपुरामा भन्सार छलीको सामानसहित एक जना पक्राउ परेका छन्। लड्डु बनाउन प्रयोग हुने भूडी, मंगल ब्रान्ड, कल्पाक लगायत २९ हजार दुई सय पचास मूल्यको सामान बरामद गरिएको हो।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नम्वर १८ स्थित २ नम्वर गल्लीबाट उक्त सामान बरामद गरेको हो।
किराना पसल संचालक सचिन गुप्ताको डेरामा लुकाई छिपाई राखेको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले जाानकारी दिए।

यस्तै वडा न.४ स्थित चम्मनचौकबाट बेवारिसे अबस्थामा बरामद मिल्ककेक, सोना पापड लगायत २० हजार दुई सय र २७ हजार सात सयको बिडी सामान र गुप्तालाई आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा पठाईएको छ।