
डडेल्धुरामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुकाले अमरगढी नगरपालिका वडा नम्बर ८ का एक जना र धनुषा घर भएर डडेल्धुरामा बस्दै आएका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६४ जनाको कोरोना परीक्षण गरिएको छ।
