
aप्डछेडेदह गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गरिएको छ। वडामा हुने हरेक क्रियाकलापमा वडा अध्यक्षले मनोमानी गर्ने गरेको भन्दै नेपाल कम्युनिष्ट पाटी(नेकपा)ले वडा कार्यालयमा तालाबन्दी गरेको हो।

वडा अध्यक्षले स्थानीय तह निर्वाचन पश्चात वडामा हुने हरेक विकास निर्माणका कार्य तथा जनतासँग प्रत्यक्ष सरोकार रहने कार्यमा एकलौटी गरेको नेकपाले आरोप लगाएको छ। साथै वडाअध्क्षले उपभोक्ता समिति समेत आफुखुसी गठन गरिरहेको नेकपाको आरोप छ।
बिगतदेखि पटकपटक ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउदा पनि अटेर गरेकाले तालाबन्दी गर्नुपरेको नेकपाका जिल्ला कमिटी सदस्य चन्द्र नाथ बताएका छन्।
