
अछामको बान्नीगढी जयगढ गाउँपालिकाले आफ्नो क्षेत्रलाई एक हप्ताका लागि सिल गरेको छ।

गाउँपालिकामा कोराना संक्रमण बढेपछि सोमबार बसेको कार्यपालिकाको बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको हो।
गाउँपालिकाको वडा नम्बर ३ का ३४ वर्षीय पुरुषको ज्यान गएको र आइसोलेसनमा बसेकाहरुमा समेत कडा खालको लक्षण देखिएकाले १९ गते साझसम्म सिल गर्ने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङगानाले बताए।

उक्त समयमा सम्पूर्ण कार्यालय, शैक्षिक संस्था, बैंक तथा बित्तिय संस्था र बजार पूर्ण रुपमा बन्द गरिने गाउँपालिकाले जनाएको छ।