 
रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान विराट कोहोली आईपीएलको १३ औँ सीजनका सबैभन्दा महङ्गा खेलाडी हुन् ।
 
 
 
उनलाई ब्यांगलोरले यो सीजनका लागि भारतीय १७ करोड रुपैयाँमा किनेको हो । आईपीएलको यो सीजनमा उनले ३ वटा म्याच खेलेका छन् ।जसमा उनले मात्र १८ रन बनाउन सकेका छन् ।
 
 
 
आईपीएलको यो सीजनको १० औँ म्याचमा हिजो राती ब्यांग्लोरले जित निकालेको छ । ब्यांग्लोरले यो सीजनमा दोश्रो जित दर्ता गरेको हो । मुम्बई इण्यिन्ससँग भएको खेल सुपर ओभरमा गएर टुङ्गिएको हो ।
 
दुबईमा भएको यो खेलमा कुल २६ छक्का प्रहार भएका थिए १८ छक्का मुम्बईले मात्र प्रहार गरेको थियो ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
