धनगढीका थप १३ जनामा कोरोना पुष्टि
 
korona

 सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज १३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार वडा नम्बर १ का एक पुरुष, वडा नम्बर २ का चार पुरुष, वडा नम्बर ३ का तीन महिला, वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ८ का एक पुरुष, १४ का एक पुरुष र एक महिला तथा वडा नखुलेका एक जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरु मध्ये पाँच जना प्रहरी छन् भने वडा नम्बर १४ का दुई जना भारतबाट फर्किएका व्यक्ति हुन्। अन्य संक्रमितको पहिचान नखुलेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।

योसंगै धनगढीमा संक्रमितको संख्या पाँच सय ८५ पुगेको छ।