
क्षेत्रीय अनुसंधान टिम सुुदूरपश्चिम प्रदेशले कंचनपुरको नेपाल-भारत सीमानाका डोकेबजार क्षेत्रबाट सुन सहित २ जनालाई पक्राउ गरेको छ ।

भारतको मुम्बईबाट आउदै गरेका डोटीको केआइसिंह गाउपालिका २ का २२ बर्षिय मोहन कटुवाल (भुल) र १९ बर्षका सुमित भुजेल रहेका छन ।
उनीहरुले सुनका विभिन्न गहनाहरु चोरी गरि नेपाल आउदै गर्दा आरआइटीले नियन्त्रणमा लिएर प्रहरी चौकी डोकेबजारको जिम्मा लगाएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताए । उनले थप अनुसन्धान भैरहेको जानकारी दिए ।
