
डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका ८ जना अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाका हुन्।
