सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा  सुदुरपश्चिममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
 
corona

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा तीन सय ८ जनाको कोरोना परीक्षण गरीएकोमा कैलालीका २६, कञ्चनपुरका ५ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले सुर्नाया–४ बैतडीका एक  महिला, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का एक जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३ का ६ जना, वडा नम्वर १२ का दुई जना, वडा नम्वर १७ का दुई जना, वडा नम्वर १९ का एक जनामा संक्रमण पुष्टि भएको छ। 

घोडाघोडी नगरपालिका वडा नम्वर १ का ६ जना, भजनी नगरपालिका वडा नम्वर ३ का एक जना, गोदावरी नगरपालिकाका तीन जना, कैलारी गाउँपालिकाका दुई जना, कृष्णपुर नगरपालिका वडा नम्वर ७ का एक जना, महाकारी नगरपालिका वडा नम्वर ६ का एक जना, पुनरवास नगरपालिकाका दुई जना, बेदकोट नगरपालिका वडा नम्वर ५ का एक जनामा संक्रमण पुष्टि भएको हो।