
सार्वजनिक बसभित्रै दुई जना किशोरी माथी यौन दुर्व्यवहार भएको छ। काठमाण्डौको मनमैजुमा बा ४ ख ८२ नम्बरको बसमा रहेका दुई जना बालिकामाथि यौन दुर्व्यवहार भएको र उनीहरुको स्वास्थ्य परीक्षण भैरहेको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले दुर्व्यवहार गर्ने बसका सहचालकलाई पक्राउ गरेको छ। सहचालकलाई हिरासतमा राखेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ।
