
सुदूरपश्चिमका ५ जना सहित थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

कैलालीका १९, २३, र २९ वर्षीय पुरुष, डडेल्धुराका २५ वर्षीय पुरुष, बैतडीका २२ वर्षीया पुरुष गरी सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी बाँकेका १४ जनामा १८ देखि ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।
एक जना राप्ती सोनारी गाउँपालिकाका र १३ जना नरैनापुरका भएको उनले बताए । त्यस्तै मोरङको रतुवामाई २ का ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उनले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।
