दुई दिन देशभरका नदीमा बाढी आउने सम्भावना, सतर्क रहन आग्रह
 
fgfg

दुई दिन देशभरिका नदीमा बाढी आउने सम्भावना रहेको छ। बाढी पुर्वानुमान महाशाखाले नदी तटिय आसपासका स्थानियलाई सतर्क रहन  आग्रह गरेको छ। काठमाडौं उपत्यकासहित देशैभरी अहिले वर्षा भइरहेको र कतिपय ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेकाले साना तथा नदी र खोलाहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले देशका धेरैजसो नदी, खोला र खहरेहरुमा आकस्मिक बाढीकोसमेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।