
बाजुराको जगन्नाथ गाउँपालिका –२ बस्केना नजिकै एक बेवारिसे शव फेला परेको छ। बस्केना नजिकै रहेको कर्णाली नदीमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले जानकारी दिए।

बुधबार दिउँसो स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी टोली शव फेला परेको स्थानतर्फ गएको प्रहरी निरीक्षक ठगुन्नाले बताए।
