सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
 
corona

सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुई जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो।

वडा नम्वर ५ बस्ने २९ बर्षीया महिला र वडा नम्वर ३ बस्ने ३९ बर्षीय पुरुष स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको हो।

योसंगै सेती प्रादेशिक अस्पतालमा संक्रमण पुष्टि हुने स्वास्थ्यकर्मी र कर्मचारीको संख्या १९ पुगेको छ।