
कैलालीमा चोरी मुद्धाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका –४ का १८ वर्षीय निराजन चौधरी, १८ वर्षीय दिपेन्द्र चौधरी र २० वर्षीय रविन चौधरी रहेको प्रहरीले जनाएको छ।

घोडाघोडीको वडा नम्बर( ५ डोकेबजारबाट पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले दोषी ठहर्याइ सजाए सुनाइसकेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। विष्टका अनुसार निराजनलाई एक लाख ५४ हजार, दिपेन्दलाई ७७ हजार, रविनलाई ७७ हजार जरिवाना र एक महिना कैद सुनाइएको थियो।
पक्राउ परेका सबै दोषीलाई कारवाहीका लागि आइतबार जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।
