
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । ८६ जनाको कोरोना परीक्षण भएकोमा ४ पुरुष र एक महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जम्मै संक्रमित डोटीको बोगटान फुडसिल गाउँपालिकाका रहेको जानकारी दिए । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा आज सबैको रिर्पोट नेगेटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ९ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटीभ आएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।
