
बिहिबार कञ्चनपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–४ का ३० वर्षीय शेरबहादुर चन्द र शान्तिपुरका ४० बर्षीय मनोज विष्ट रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट १९.२६ ग्राम ब्राउन समातेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
भारतीय नम्बर प्लेट यूपी ३१ ए १३८११ नम्बरको मोटरसाइकलमा सवार चन्द र विष्टले लागुऔषध ब्राउन सुगरलाई हेलमेटमा लुकाई ल्याइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
